Fri. Apr 19th, 2024

पीसीआर टेस्ट गरेर मात्र उपस्थित गराउन काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौं, २०७७ असार ८ गते सोमबार

जिल्ला अदालत काठमाडौँले कोरोना सङ्क्रमणको पीसीआर परीक्षण नगरी अदालतमा ल्याएको भन्दै विद्युतीय कारोबारसम्बन्धी मुद्दाका एक अभियुक्तलाई फिर्ता पठाएकाे छ ।

साथै, अदालतले आइन्दा अदालत ल्याउनुअघि प्रतिवादीको पीसीआर परीक्षण तथा प्रतिवादीसँग अत्यन्त निकट रहनुपर्ने भएकाले सँगै आउने प्रहरीको पनि पीसीआर परीक्षण गराउन आदेश गरेको छ ।

गोरखापत्र अनलाईनका अनुसार जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासबाट सो आदेश भएको हो । प्रहरीले अभियुक्तको आरडीटी जाँच गराएर ल्याएको भए पनि अदालतले विश्व स्वास्थ्य सङ्गठनको मान्यता अनुसार पीसीआर नै गर्नुपर्ने कुरा आदेशमा उल्लेख गरेको छ ।

Facebook Comments