Sun. Oct 27th, 2024

‘कोशीका सबै विमानस्थल सञ्चालनमा ल्याउन पहल भइरहेको छ’   

विराटनगर, २०८१ भदौ २० गते बिहीबार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका पहाडी तथा हिमाली जिल्लालाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभित्र विमानस्थलमा उडान सुरु गर्न पहल भइरहेको बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित दोस्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकलाई प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाए बङ्गलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । कोशी प्रदेशमा ११ विमानस्थल रहेका भए पनि केहीमा मात्रै उडान भइरहेको जानकारी दिँदै उहाँले विराटनगरबाट पहाडी र हिमाली जिल्लामा सम्भावना हेरेर उडान सुरु गर्न आग्रह गरिएको बताउनुभयो ।

“निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको छ, लागत साझेदारी गर्नसमेत प्रदेश सरकार तयार छ”, उहाँले भन्नुभयो । वि.सं. २०८२ लाई कोशी भ्रमण वर्ष बनाउने तयारी गरिएको र त्यसअघि नै केही स्थानमा हवाई उडान सुरु गर्ने तयारी भइरहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । कोशी प्रदेशमा घुम्न आउने भारत र बङ्गलादेशका पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारले पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भारतबाट धार्मिक पर्यटक कोशी प्रदेशमा ल्याउन सकिने प्रशस्त सम्भावना रहेको भन्दै त्यसलाई हेरेर योजना बनाउन आवश्यक रहेको छ भत्रुभयो । कोशी प्रदेशले सूचना प्रविधि र कषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ भन्दै उहाँले भत्रुभयो, “हामीले यी दुवै क्षेत्रमा निर्यात बढाउने सम्भावना छ, कोशी सरकार निर्यात बढाउने गरी योजना बनाएर अघि बढेको छ । पर्यटन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अहिलेको आवश्यकता यही हो ।”

Facebook Comments