Mon. May 11th, 2026

आधुनिकीकरणको बाटोमा कुनै पनि देश पछाडि पर्नु हुँदैन : राष्ट्राध्यक्ष सी (भिडियोसहित)

- चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलन, २०२४

       

काठमाण्डू, २०८१ भदौ २० गते बिहीबार । चीन-अफ्रिका सहयोग मञ्च, २०२४ को शिखर सम्मेलन चीनको राजधानी पैचिङमा सुरु भएको छ ।

चीन, दक्षिण अफ्रिका, गिनी, चाड, केन्या, नाइजेरिया, इरिट्रिया, नाइजर, सेशेल्स, कोमोरोस, मलावी लगायत ५० वटा देशका सरकार तथा राष्ट्रप्रमुखहरुको सहभागिता रहेको सो शिखर सम्मेलनलाई आज बिहान सम्बोधन गर्नुहुँदै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आधुनिकीकरणको बाटोमा कुनै पनि देश पछाडि पर्न नहुने र कुनै पनि देशलाई पछाडी पार्न नहुने बताउनु भएको छ । साथै उहाँले चीन र अफ्रिकाको संयुक्त प्रयासले विश्व दक्षिणको आधुनिकीकरणमा योगदान पु-याउन आग्रह समेत गर्नुभएको छ ।

चाईना मिडिया ग्रुपका अनुसार राष्ट्राध्यक्ष सी ले २.८ अर्बभन्दा बढी चिनियाँ र अफ्रिकी जनतालाई आधुनिकीकरण तर्फको साझा मार्गमा एउटा शक्तिशाली शक्तिका रूपमा प्रस्तुत गर्नुहुँदै, चीन-अफ्रिकाको आधुनिकीकरणसँगै ग्लोबल साउथको आधुनिकीकरणलाई महत्व दिन र मानव इतिहासमा विकासको नयाँ अध्याय लेख्न आह्वान गर्नुभयो ।

साथै उहाँले विश्वको शान्ति, सुरक्षा, समृद्धि र प्रगतिको उज्ज्वल भविष्य ल्याउन चीन र अफ्रिकी देशहरुले हातेमालो गर्नुपर्नेमा जोडदिनुभयो ।

Facebook Comments