२०८३ भाद्र ४, बिहीवार

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ पर्व सम्पन्न

       

विराटनगर, २०७६ कार्तिक १७ गते आईतबार
पूर्वी तराईका विभिन्न जिल्लाहरुमा उदाउँदो सूर्यलाई अर्घ्य दिंदै आज विहान छठ पर्व सम्पन्न गरिएको छ । मोरंगको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा श्रद्धालु भक्तजन, ब्रतालु तथा स्थानीयवासीहरु विहान ३ वजेदेखि नै विभिन्न पूजा सामग्रीहरु बोकेर पुगेका थिए ।


अन्य रातहरुमा सुनसान देखिने सिंगिया खोलाको किनारा रातैभरी विजुली वत्ति, विभिन्न रंगीविरंगी फूल तथा फलफूलहरुले सिंगारिएर रमाई रहेको भान हुन्थ्यो ।
मसान घाटमा समेत मानिसको बाक्लो उपस्थितीले दिउसै डर लाग्ने निर्जन खोला किनाराहरु छठ पर्वकै कारण झकिझकाउ बजार जस्ता देखिएका थिए भने वर्षमा ३ सय ६० दिन दिसा, पिसावले दुर्गन्धित स्थानीय सिंगिया खोला किनारा ५ दिनका लागि भने स्वर्गको कुनै भूभाग जस्तो लाग्दथ्यो । सिंगिया खोला किनारामा गरिएको साज सज्जाले मानिसले चाहे केही पनि असंभव छैन भन्ने सन्देश दिएको थियो ।

sdr

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।

dav

sdr

Facebook Comments