Wed. Oct 30th, 2024

विराटनगरमा आज ५६ औँ संस्करणकाे ऐतिहासिक श्री राधाकृष्णकाे रथयात्रा निकालिदैं

महेश भट्टराई/ विराटनगर, २०८१ भदौ ११ गते मंगलबार । विराटनगरमा आज (मंगलबार) ५६ औँ संस्करणको ऐतिहासिक श्री राधाकृष्णकाे रथयात्रा निकालिदैछ ।
प्रत्येक वर्ष विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट रथयात्रा निकालिने गरिन्छ । वि.सं. १९८८ सालमा खटयात्राका रूपमा सुरु भएको यो धार्मिक यात्रा वि.सं. २०२५ सालदेखि रथयात्रामा परिणत भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रथयात्राकाे शुभारम्भ गर्ने कार्यक्रम छ ।रथयात्राको सम्पूर्ण तयारी पूरा भएको श्री राधाकृष्ण रथयात्रा आयोजक समितिले जनाएको छ ।  समितिका सचिव कृष्णबहादुर कार्कीका अनुसार मंगलबार साढे तीन बजे मन्दिर परिसरबाट निकालिने रथयात्राले ६ घण्टामा ९ किलोमिटरको दूरी तय गर्नेछ ।  विराटनगर-१ स्थित श्री राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगरक्षेत्रका प्रमुख मार्गहरू पानीटंकी,तीनपैनी,शनिहाट,जैनभवन ,काली मन्दिर ,ट्राफिक चाैक , राेडशेष चाैक, वसपार्क , महेन्द्र चाैक, बिजुली अफिस , वरगाछी हुँदै पुन: मन्दिर पुगेर समापन हुनेछ । यस क्रममा रथ ४३ स्थानमा विश्राम गरिने आयोजक समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
यी स्थानहरुमा रथ विश्राम गरिनेछ :
१) राधाकृष्ण मन्दिरबाट रथ प्रस्थान
२) तीनपैनी चौक
३) धनावत निवास अगाडी
४) शंकरपुर जाने मोड
५) विराटेश्वर महादेव मन्दिर
६) महानगरपालिका चौक
७) गोल्छा चौक
८) वडा प्रहरी कार्यालय
९) सत्यनारायण मन्दिर
१०) सातघुम्ती मोड
११) जैन भवन
१२) लक्ष्मी सनराइज बैंक
१३) जलजला मोड
१४) काली मन्दिर
१५) बाटा गल्ली चौक
१६) पञ्चमुखी हनुमान मन्दिर
१७) राष्ट्रिय वाणीज्य बैंक
१८) कर कार्यालय
१९) ट्राफिक चौक
२०) संसारी माईस्थान
२१) एक्वा पार्क जाने मोड
२२) भूमि प्रशासन चौक
२३) रोडशेष चौक
२४) कलेज मोड
२५) बसपार्क
२६) महेन्द्र चौक
२७) एनआईडोसी भवन अगाडी
२८) सरौचिया चौक
२९) महाबीर रोड चौक
३०) शनिमन्दिर चौक
३१) भाटभटेनी सुपरमार्केट अगाडी
३२) शिवमन्दिर चौक
३३) सत्यनारायण मा.वि.
३४) भृकुटी चोक
३५) विद्युत प्राधिकरण
३६ ) विराट नर्सिङ होम चौक
३७) मुनालपथ चौक
३८) बरगाछी चौक
३९ ) बासुकीनाथ मन्दिर मोड
४०) शंखरपुर जाने बाटो मोड
४१) दुर्गा चौक
४२) पानी ट्यांकी चौक
४३) राधाकृष्ण मन्दिरमा रथ विश्राम

विराटनगरकाे याे रथयात्रालाई भारतको जगन्नाथपुरीपछि दक्षिण एसियाकै सबैभन्दा ठुलो रथयात्राका रूपमा लिने गरिन्छ । जसलाई नेपाल र भारतका ५ लाखभन्दा बढी श्रद्धालुहरूले अवलोकन गर्ने अनुमान गरिएको छ । यो रथयात्रा धार्मिक आस्था, सांस्कृतिक धरोहर र विराटनगरको पहिचानको प्रतिक बनेको छ । काेराेना कालमा एक वर्ष रथयात्रा निकाल्न नसके पनि सुरुवात देखि अहिलेसम्म प्रत्येक वर्ष विराटनगरमा निरन्तर रूपमा रथयात्रा निकालिदै आएको छ । ऐतिहासिक रथयात्राको सुरक्षाका लागि १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ ।

Facebook Comments