Mon. Dec 23rd, 2024

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री   

प्रधानमन्त्री केपी शर्मा ओली काठमाण्डूको टुँडिखेलमा आज प्रशंसा संरक्षण समूहद्वारा आयोजित गौरा पर्व कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाण्डू, २०८१ भदौ १० गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको छ ।

टुँडिखेलमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गर्नुभयो ।  रासस

Facebook Comments