Sat. Oct 19th, 2024

सहकारी ठगी सम्बन्धमा समितिले भोलि रवि लामिछानेसँग बयान लिने

काठमाण्डू, २०८१ भदौ ६ गते बिहीबार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भोलि शुक्रबार बयान लिने भएको छ ।

लामिछानेलाई शुक्रबार बस्ने समिति बैठकमा बयानका लागि बोलाइएको सभापति सूर्यबहादुर थापाले बताउनु भयो ।लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ ।

बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको  भए पनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि शुक्रबार नै बोलाइएको समिति स्रोतले जानकारी दिएको छ । रासस

Facebook Comments