Sun. Oct 20th, 2024

रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्भाव अभिवृद्धि गराउँछः अध्यक्ष यादव   

काठमाण्डू, २०८१ भदौ ३ गते सोमबार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उक्त पर्वका अवसरमा अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले हिन्दू धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाले आपसी सद्भाव र भाइतारा अभिवृद्धिमा मद्दत पुग्ने बताउनुभयो ।

“आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रुपमा मनाइने यस पर्वले हामीबीच सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ । रासस

Facebook Comments