Mon. Oct 21st, 2024

नेपालमा हिमाली बौद्ध शिक्षाः सम्भावना र चुनौती विषय अन्तरक्रिया सम्पन्न

रमेश हुतवाली/काठमाण्डू, २०८१ भदौ २ गते आइतबार ।  नेपालमा हिमाली बौद्ध शिक्षाः सम्भावना र चुनौती विषय अन्तरक्रिया काठमाण्डूमा सम्पन्न भएको छ ।

नेपाल समाज मिडिया प्रा.लि. ले आयोजना गरेको सो अन्तरक्रियामा नेपाल बौद्ध महासंघ, त्रिभूवन विश्व विद्यालय अन्तरगतको बौद्ध अध्ययन केन्द्रीय विभाग, बुद्ध प्रकाश फाउण्डेशन, लुम्बिनी कलेज अफ  बुद्धिजम् एण्ड हिमालय स्टडिज, बुद्ध वचन अनुवाद समिति, नागार्जुन इन्स्टिच्युट अफ बुद्धिजम् स्टडिज प्रा.लि.लगायत संस्थाहरुका प्रतिनिधि, बौद्ध साहित्यका ज्ञाता, राजनीतिक दलका नेताहरु, समाजसेवी, पत्रकार, पर्यटन व्यसायी लगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

पूण्य प्रसाद पराजुली, बौद्ध धर्मका ज्ञाता

अन्तरक्रियामा बोल्नुहुँदै नेपाल समाज मिडिया प्रा.लि.का सल्लाहकार तथा बौद्धधर्मका ज्ञाता लोचवा पूण्य प्रसाद पराजुलीले परम्परागत बौद्ध शिक्षा र आधुनिक बौद्ध शिक्षाको सम्भाव्यता र चुनौतीबारे निष्कर्ष निकाल्न अन्तरक्रिया आयोजना गरिएको जानकारी दिनुभयो ।

अन्तरक्रियाका सभापति तथा नेपाल बौद्ध महासंघका संस्थापक अध्यक्ष खेम्पो ग्युर्मे छुल्ट्रिमले ऐतिहासिक कालदेखि नै नेपालीहरु कहिल्यै पनि अन्पढ नभएको र नेपाल सभ्यताको सुभारम्भदेखिनै शिक्षा र संस्कृतिको केन्द्रविन्दू रहेको बताउनुभयो । पछिल्लो समय आधुनिक शिक्षाको प्रभाव बढ्दै जाँदा नेपालीहरुको विशिष्ठ ज्ञान, शिक्षा विशिष्ठ संस्कृति र पहिचान हराउँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । साथै उहाँले हिमाली बौद्ध शिक्षाको संरक्षण र सम्वद्र्धनमा लाग्न सबैलाई आग्रह पनि गर्नुभयो ।

खेम्पो ग्युर्मे छुल्ट्रिम, संस्थापक अध्यक्ष, नेपाल बौद्ध महासंघ

काठमाण्डू महानगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष भूवन लामाले नेपालमा हिमाली बौद्ध शिक्षाका सम्भावना प्रशस्त भए पनि नेपाल बाहिर यसका धेरै चुनौतीहरु रहेको बताउनुभयो । अफगानीस्तानमा तालेवानहरुले विश्वकै सबैभन्दा ठूलो बुद्धको मुर्ति भत्काउँदा र बौद्ध धर्ममाथी प्रहार गर्दा हामीले केही गर्न सकिउ कि सकेनौं भनि लामाले प्रश्न गर्नुभयो ।

भूवन लामा, वडाअध्यक्ष, कामनपा‐६

कार्यक्रम आयोजक संस्था नेपाल समाज मिडिया प्रा.लि.का अध्यक्ष ध्रुव पौडेलले नेपालमा हिमाली बौद्ध शिक्षाका सम्भावनाहरुका बारेमा वक्ताहरुले टड्कारो आवश्यकता महशुस गर्नुभएको जानकारी दिनुहुदै यस विषयमा आगामी दिनमा सम्बन्धित क्षेत्रका विज्ञहरुको सहभागितमा अन्तर्राष्ट्रिय सम्मेलनको समेत आयोजना गरिने बताउनु भयो ।

ध्रुव पौडेल, अध्यक्ष, नेपाल समाज मिडिया प्रा.लि.

अन्तरक्रियामा नेपाल बौद्ध महासंघका निवर्तमान अध्यक्ष आचार्य नोर्वु शेर्पाले नेपालमा गोन्पा शिक्षाको अवस्था र चुनौती, बुद्ध प्रकाश फाउण्डेशनका अध्यक्ष खेन्पो पेमा ओसेलले हिमाली बौद्ध शिक्षामा ध्यानको महत्व, लुम्बिनी कलेज अफ बुद्धिजम् एण्ड हिमालयन स्टडिजका संयोजक मोहनकुमार तामाङले हिमाली बौद्घ शिक्षामा तीर्थयात्राको महत्व, बुद्ध वचन अनुवाद समितिका अध्यक्ष आचार्य टीका शेर्पाले हिमाली बौद्ध शिक्षामा अनुवादका चुनौती, लुम्बिनी कलेज अफ बुद्धिजम् एण्ड हिमालयन स्टडिजका कार्यकारी अध्यक्ष डा. रमेश ढुङ्गेलले नेपालमा हिमाली बौद्ध शिक्षाको इतिहास, नागार्जुन इन्स्टिच्युट अफ बुद्ध्ष्टि स्टडिज प्रा. लि.का निर्देशक मिलन शाक्यले नेपाल मण्डलमा बौद्ध शिक्षाको अवस्था र चुनौती विषयमा बोल्नु भएको थियो ।

यसैगरी नेपाल बौद्ध महासंघका उपाध्यक्ष गेसे थुप्तेन जिन्पाले नेपालमा बौद्ध शिक्षामा नेपाल बौद्ध महासंघको योगदान र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति तथा नेपाल बज्रयान संघका अध्यक्ष डा. हृदयरत्न बज्रचार्यले नेपालको शिक्षामा हिमाली बौद्ध शिक्षाको महत्व बारेमा बोल्नु भएको थियो ।

Facebook Comments