Thu. Oct 24th, 2024

ताइवान टापुको तटमा जहाज डुब्दा तीन जना बेपत्ता   

 ताइपेई, २०८१ भदौ १ गते शनिबार । चिनिया माछा मार्ने जहाज शनिबार अज्ञात जहाजसँग ठोक्किएर ताइवान टापुको तटमा डुब्दा माछा मार्ने जहाजका तीन सदस्य बेपत्ता भएको ताइवानको तटरक्षकले जनाएको छ ।

ताइवान र चीनलाई छुट्याउने साँघुरो जलमार्गमा बारम्बार हुने डुङ्गा दुर्घटनाले तनाव बढाएको छ ।

शनिबार बिहान चिनिया झण्डा भएको “मिन लङ यु ६०८७७“ जहाज किमेन टापुको तटबाट करिब ६.५ नटिकल माइल टाढा अज्ञात जहाजसँग ठोक्किएपछि डुबेको ताइवानको तटरक्षक प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ ।

“जहाजमा चालक दलका सात जना सदस्य थिए । चारजनालाई उद्धार गरिएको छ भने तीनजना बेपत्ता छन्”, विज्ञप्तिमा भनिएको छ ।

यस क्षेत्रमा उद्धारका लागि पठाइएको डुङ्गाले बेपत्ता चालक दलका सदस्य फेला पार्न नसकेको बताएको छ।

ताइवानको तटरक्षक र यसका चिनियाँ समकक्षीहरूले तटमा खोजी र उद्धार गरिरहेको विज्ञप्तिमा भनिएको छ ।  एएफपी

Facebook Comments