Thu. Oct 24th, 2024

गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु   

गाजापट्टी, प्यालेस्टिनी क्षेत्र, २०८१ भदौ १ गते शनिबार । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ ।

मध्य गाजाको अल-जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताउनुभयो ।

इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन ।
“अल-जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ”, बस्सलले भन्नुभयो ।

उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल-घौलले भन्नुभयो,“तिनवटा रकेटहरू सिधै घरमा खसेको थियो । भित्र बालबालिका र महिलाहरू थिए ।उनीहरुको के दोष थियो ?”

इजरायल र हमासबिच १० महिना भन्दा बढी चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ ।  एएफपी

Facebook Comments