Mon. Oct 28th, 2024

काठमाण्डू जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण   

मलेखु (धादिङ), २०८१ साउन २९ गते मंगलबार । पोखराबाट बिरामी लिएर काठमाण्डू जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।

ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका-७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाण्डू  आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन-ए.एम.एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका-७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाण्डूतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाउनुभयो । रासस

Facebook Comments