Fri. Sep 20th, 2024

प्रधानमन्त्री ओली: मन्त्रालय एवं योजना आयोगलाई निर्देशन   

काठमाण्डू, २०८१ साउन १३ गते आईतबार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिँदै हुुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लाग्नुभएको सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा जानकारी गराउने बताइएको छ । रासस

Facebook Comments