२०८३ भाद्र ६, शनिवार

थप १६६ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १५६७ पुग्यो

       

काठमाडौं, २०७७ जेठ १८ गते आईतबार

पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । गोरखापत्र अनलाईनका अनुसार  संक्रमित हुनेमा सप्तरी १२, कैलाली ३, बाजुरा ३, झापा ४, मोरङ १, धनुषा २१, कपिलबस्तु ४, रौतहट २९, सर्लाही १० रहेका छन् । त्यसैगरी, तनहुँ १, स्याङ्जा २, पर्सा ५, कालिकोट १८, दैलख १८, सल्यान २५ रहेका छन् । थप संक्रमितमा १६२ पुरुष र ४ महिला रहेका छन् ।

उहाँका अनुसार क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा एकहजार ३४९ रहेका छन् । डिस्चार्ज हुनेमा आज एकजनासहित कुल २२० जना पुगेको छ । डिस्चार्ज हुनेमा १७२ पुरुष र ४८ महिला रहेका छन् ।

थप एकजना निकाे भएर घर जानुभएकाले कुल निकाे हुनेकाे संख्या २२० पुगेकाे छ ।

Facebook Comments