Tue. May 26th, 2026

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जहाज दुर्घटनाप्रति दुःख व्यक्त   

काठमाण्डूबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको विमान । तस्बिरः किरणराज विष्ट/रासस

       

जनकपुर २०८१ साउन ९ गते बुधबार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले शोक विज्ञप्ति जारी गरी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले दुर्घटनाका कारण पहिचानगरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिनतर्फ सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read