Thu. Sep 19th, 2024

प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक

काठमाडौं, २०७७ जेठ १३ गते मंगलबार

प्रधानमन्त्री केपी ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बोलाएको सर्वदलीय बैठक केही समय ढिला गरी सुरु भएको हो।

बैठकमा कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।  बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी छन्। बैठकमा निशान छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरिनेछ।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुपम सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको छ।

संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो। यो सँगै कोरोना महामारीको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

यसअघि वैशाख ३१ गते पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको थियो ।

Facebook Comments