Tue. May 26th, 2026

नेकपा अध्यक्ष प्रचण्डद्वारा ईदुल फित्रको शुमकामना

फाइल फोटो

       

काठमाडौं, २०७७ जेठ १२ गते सोमबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा प्रचण्डले “मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्दछु” भन्नु भएको छ ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान हो । बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्दछ” सन्देशमा प्रचण्डले भन्नु भएको छ ।

सन्देशमा प्रचण्डले सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड-१९) ले समानरुपले आक्रमण गरिरहेको छ । यस महामारी विरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै ईदुल फित्र चाडको अवसरमा मुस्लिम समुदायमा सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु भन्नु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read