Fri. Sep 20th, 2024

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त   

काठमाण्डू, २०८१ साउन २ गते बुधबार । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डू महानगरपालिका-७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बडाललाई उक्त पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

Facebook Comments