Fri. Sep 20th, 2024

आजका मन छुने रमाइला तस्बिरहरु

हरिशयनी एकादशीका अवसरमा बुधबार तनहुँको देवघाट गाउँपालिका-५ स्थित महेश संस्कृत गुरुकुलका विद्यार्थी तुलसीको बिरुवा रोप्दै। । तस्बिरः  कृष्ण न्यौपाने/ रासस

दाङको घोराही उपमहानगरपालिका-१५ स्थित त्रिवेणीटोलमा बुधबार चित्रबहादुर घर्तीको घरभित्र पसेको विषालु गोमन सर्प । सर्पलाई जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्बिर: कुलदीप न्यौपाने/रासस

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाघमारा सामुदायिक वनभित्र चर्दै गरेको दुर्लभ एकसिङ्गे गैँडा र चित्तलको बथान । राष्ट्रिय गैँडा गणना २०७८ अनुसार नेपालमा ७४२ गैँडा पाइएकोमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ६९४ गैँडा भेटिएका थिए । तस्बिरः टेकराज पोखरेल/रासस

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक मान्यता रहेको छ । तस्बिरः रामचन्द्र न्यौपाने / रासस

दाङको बबै गाउँपालिका-५ स्थित जलुकेका रामबहादुर भण्डारीको कुखुराको खोरभित्र पसेपछि डिभिजन वन कार्यालय दाङले जीवितै उद्दार गरेर घोराही कार्यालयमा ल्याइएको अजिङ्गर । तस्बिरः कुलदीप न्यौपाने/रासस

काठमाण्डूको तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजुमा रहेको श्री मनकामना मन्दिर संरक्षण समितिले मन्दिरको छानोमा तामाको छानो राख्नका लागि आजदेखि सुरु गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा कलश यात्रा गर्दै सहभागीहरु । तस्बिरः हरिराम भेटुवाल/रासस

उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न आदेश दिएसँगै काठमाण्डू महानगरपालिकाले न्यूरोड क्षेत्रमा बुधबार फुटपाथ विस्तार गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

यही असार १८ गते आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका-१ तिमाङ खोलाको काठेपुल बगाएपछि फड्केबाट जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी । खोलामा पानीको सतह कम भएकाले पर्खाल लगाउने काम भने थालिएको छ । तस्बिरः नवीन लामिछाने/रासस

मुस्लिम समुदायको मोहर्रम पर्वकाअवसरमा नेपालगञ्जमा निर्माण गरिएको ताजिया (प्रार्थना स्थल) । तस्बिर: भेषराज बस्नेत / रासस

पश्चिम नवलपरासीको नारायणी नदीमा पानीको सतह घटेपछि सुस्ता गाउँपालिका-५ का स्थानीय विपन्न परिवार नदीको किनारमा दाउरा सङ्कलन गर्दै । नारायणी नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्न दैनिक नदीको छेउमा आउने उनीहरु बताउँछन् । तस्बिरः अनिल यादव/रासस

वर्षातपछि हरियाली छाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२स्थित पर्यटकीय गाउँ भुरुङ र आसपासको क्षेत्र। यहाँबाट मुन्द्राचढाउने डाँडा हुँदै धौलागिरी आइसफल पदमार्ग जोडिएको छ । तस्बिर : कमल खत्री / रासस

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ नरीघाटस्थित सडक छेउमा गाडिएको पोल ढल्ने अवस्थामा । सडक विस्तारका क्रममा स्थानान्तरण गरिएको पोल पहिरोका कारण ढल्ने अवस्थामा पुगेको हो । तस्बिर: कृष्ण न्यौपाने/रासस

दाङको घोराही उपमहानगरपालिका- ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानी परिसरमा राखिएको विश्वकै अग्लो दावी गरिएको त्रिशुल । पञ्चधातुबाट निर्माण गरिएको त्रिशुलको उचाइ ५५ दशमलव ५ फिट र तौल १३ हजार तीन सय ८० किलो रहेको छ । तस्बिर: कुलदीप न्यौपाने /रासस

काठमाण्डू  रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडी विद्युत शर्ट भई पोलमा लागेको आगो । तस्बिर : किरणराज बिष्ट / रासस

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीले बगाएर ल्याएको रुख स्थानीयवासीले सङ्कलन गर्दै । बाढीले बगाएर ल्याएको रुख सङ्कलन गरी ठूलोलाई स-सानो गोलिया बनाएर बिक्री गर्ने उनीहरु बताउँछन् । तस्बिरः अनिल यादव/रासस

तनहुँको व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले १४ किलोमिटर दूरी व्यास-१३ खिरखाँदी मुहानबाट ल्याएको खानेपानीको मुख्य पाइप बाढीपहिरोले बगाएर सेतीनदी किनारमा पु¥याएको जिआइ र एचडिपी पाइप । असार अन्तिम साता भएको अविरल वर्षापछि गएको पहिरोले पाइप बगाउँदा एक सातादेखि खानेपानी अवरुद्व भएको छ । तस्बिरः सानेबहादुर नेपाली/रासस

वीरगञ्जको घण्टाघरचोकमा मुस्लिम समुदायले बुधबार मोहर्रम पर्व मनाउँदै। सो क्रममा मुस्लिम समुदायले लठ्ठीका विभिन्न कला प्रदर्शन गरेका थिए । तस्बिर : हिमाल लम्साल /रासस

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम र पर्वतको जलजला गाउँपालिकामा पर्ने बेनी बजार । तस्बिरः सन्तोष गौतम/रासस

Facebook Comments