Wed. Jul 29th, 2026

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बढायो नुनको भाउ

       

काठमाण्डू,२०८१ असार १९ गते बुधबार । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको भाउ बढाएको छ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको भाउ मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

राससका अनुसार  ‘आयो नुन’ एक किलो प्याकेटको थोक मूल्य २३ रूपैयाँ भएको छ। त्यस्तै उपभोक्ता मूल्य अब २६ रूपैयाँ पर्नेछ।

‘न्यू-शक्ति नुन’ एक किलोको थोक मूल्य १७ रूपैयाँ र उपभोक्ता मूल्य २० रूपैयाँ कायम भएको छ। ‘भानु नुन’ एक किलोको मूल्य नौ रूपैयाँ तोकिएको छ।

Facebook Comments