२०८३ भाद्र ११, बिहीवार

अमेरिकाको नयाँ निर्यात नियन्त्रण नियमप्रति चीनको कडा विरोध

       

काठमाडौं, २०७७ जेठ ४ गते आईतबार

अमेरिकी वाणिज्य मन्त्रालयले स्थानीय समयअनुसार मे १५ तारिख ह्वावै कम्पनीका लागि नयाँ निर्यात नियन्त्रण नियम सार्वजनिक गरेको छ।

यसप्रति चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ताले आज १७ तारिख पत्रकारको प्रश्न जवाफ दिएका छन्। चीन पक्षका अनुसार चीनले अमेरिकाको उक्त गतिविधिको कडा विरोध गरेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार अमेरिकाले राष्ट्रिय शक्तिले राष्ट्रिय सुरक्षाको निहुँमा निर्यात नियन्त्रण आदि कदमको दुरुपयोग गरेको छ। अन्य मुलुकको व्यवसायलाई लक्षित गरी दवाव दिनु बजार सिद्धान्त र निष्पक्ष प्रतिस्पर्धालाई ध्वस्त पार्नु हो। यो गतिविधि पनि अन्तर्राष्ट्रिय अर्थ तथा व्यापारको आधारभूत नीतिलाई ध्यान नदिइकन ग्लोबल औद्योगिक श्रृंखलाको सुरक्षाका लागि गम्भीर धम्की हो।

अमेरिकाको उक्त गतिविधिले चिनियाँ व्यवसाय र अमेरिकी व्यवसाय मात्र नभई अन्य मुलुकको व्यवसायको हितलाई पनि ध्वस्त पार्ने छ। चीनले सबै आवश्यक कदममार्फत् चिनियाँ व्यवसायको वैधानिक अधिकारको संरक्षण गर्ने छ।

Facebook Comments