Wed. Jun 26th, 2024

मोरङको ग्रामथान पालिकाका अध्यक्ष गच्छदारको निधन   

मोरङ, २०८१ असार ३ गते सोमबार । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको आज निधन भएको छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत हुनुहुन्थ्यो । गत वर्ष माघमा उहाँ राष्ट्रियसभाको निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका बेला बेहोस भएर ढल्नु भएको थियो । उहाँको उपचारकै क्रममा आज निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिनुभयो ।

उहाँको पार्थिव शरीरलाई भोलि बिहान १०:०० बजे निवासबाट पालिकासम्म शवयात्रासहित अन्त्येष्टिका लागि लगिने स्वकीय सचिव गच्छदारले जनाकारी दिनुभयो । स्व. गच्छदारको अन्त्येष्टि मङ्गलबार गरिने उहाँले बताउनुभयो । रासस

Facebook Comments