Wed. Jun 26th, 2024

मुडियारी समुदायको पहिलो भाषिक गीत संञ्चारग्राम विराटनगरमा रेकर्ड

मोरङ ,२०८१ असार २ गते आईतबार  । नेपालको तराई क्षेत्रको झापा,मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक, अति सीमान्तकृत  आदिवासी भित्रका मुडियारी समुदायमा प्रचलित जितिया पर्व सम्बन्धि दुइवटा गीत  नेपालमै पहिलो पल्ट   रेकर्डिङ गरिएको छ ।

रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संञ्चारग्राम विराटनगरको स्टुडियोमा मुडियारी भाषाका गायक तथा कलाकारहरू बाजागाजा सहित आएर आफ्नो भाषाको गीत रेकर्ड गराएका हुन ।  मुडियारी जातिको आफ्नै भाषा,संस्कृति ,संस्कार,रीतिरिवाज, चाडपर्व,भेषभूषा, चालचलन, बाजागाजा, लगायत आफ्नै पहिचान रहेको पाइन्छ । हाल सम्म  मुडियारी भाषाका अनेकन गीतहरू रहेपनि गाउँ घर, चाडपर्व, उत्सव,जात्रा बिहेवारिको समय तथा  सिजन अनुसारका गीतहरू  रहेपनि गाउँघरमै सीमित थिए ।

मुडियारी समुदायको जातीय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय समिति र नेपाल नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी वडा नं.-७ डंगटोली मोरङ समितिले जातीय भाषा संस्कृति संरक्षण र जगेर्नाका लागि  रेडियो लगायत जितिया पर्व हरूमा सुन्नका र गीतलाई लोप हुन् नदिन जितिया पर्वको गीत रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति संञ्चारग्रामको  स्टुडियोमा  रेकर्ड गरिएको  संस्थाले जनाएको छ । गीत रेकर्डमा आएको बेला रेडियो नेपाल तारणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम महानगर एफ. एम . १०३ मेगाहर्ट्ज विराटनगर कार्यालय ,स्टुडियो, रेडियो संग्रालय अवलोकन गरेका छन् ।

मुडियारी समुदायको मुडियारी भाषाको जितिया गीत रेकर्डिङ गराउन मुडियारी समुदायको जातीय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय सचिव सूर्य नारायण मुडियारी , नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र  कटहरी गाउँ पालिका वडा नं.-७ कमिटी अध्यक्ष विहालाल मुडियारी, मुडियारी समुदायका  ज्येष्ठ नागरिक सकली देवी मुडियारी, जितिया बतालु बस्ने कमली मुडियारी  लगाएतका मुडियारी समुदायहरू  रेडियो स्टुडियो पुगेका अवसरमा रेडियो कार्यालयले रेडियो नेपालको इतिहास र तारणी प्रसाद कोइरालाको जीवनीमा आधारित डकुमेन्ट्री,रेडियो संग्राहलय,स्टुडियो लगायत अवलोकन गरेका छन् ।

मुडियारी समुदायहरू आर्थिक ,सामाजिक ,साँस्कृतिक ,भाषिक, शिक्षा,रोजगारी,राजनीति, लगायत राज्यको मूल प्रवाहमा पछि परेको समुदाय हो ।

Facebook Comments