Mon. Apr 27th, 2026

दक्षिणी चीनमा प्राचीन दुई जहाजको भग्नावशेषबाट नौ सय टुक्रा सांस्कृतिक अवशेष फेला   

       

बेइजिङ, २०८१ असार २ गते आईतबार । चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ राजवंश (सन् १३६८ देखि सन् १६४४) को समयका दुई प्राचीन जहाजको भग्नावशेषबाट एक हजार पाँच सय मिटर गहिराइमा नौ सयभन्दा धेरै प्राचीन वस्तु फेला पारेको छ ।

अनुसन्धान संस्थान र स्थानीय सङ्ग्रहालयको संयुक्त प्रयासमा सन् २०२३ देखि सन् २०२४ को अवधिमा उत्खनन कार्य गरिएको थियो । त्यहाँ पहिलो जहाजको भग्नावशेषबाट तामाका सिक्का साथै सेरामिक र माटोका भाँडाका टुक्रासहित कूल आठ सय ९० प्राचीन वस्तु निकालिएको थियो ।

दोस्रो जहाजको भग्नावशेषबाट काठ, सेरामिक र माटोका सामान, हरिणको सिङ र अन्यसहित ३८ प्राचीन वस्तु फेला परेको थियो ।

“यो खोजले चिनियाँ पुर्खाहरूले दक्षिणी चीन सागरको विकास, प्रयोग र यात्रा गरेको प्रमाण दिन्छ”, चिनियाँ राष्ट्रिय सम्पदा प्राधिकरणका उपाध्यक्ष गुआन कियाङले भन्नुभयो, “दुवै भग्नावशेष प्राचीन सामुद्रिक रेशम मार्गका साथ व्यापार र सांस्कृतिक आदानप्रदानका महत्त्वपूर्ण साक्षी हुन् ।”क्युएनए

Facebook Comments