Mon. Dec 23rd, 2024

संस्कृतिलाई जोड्दै गुरुङ सम्पदा पदमार्ग

गण्डकी, २०८१ असार १ गते शुक्रबार । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्र्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्र्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो । सङ्घले गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि करापुडाँडा-ताप्रो-क्होलासोँथर-ठूलो लेक-थुर्जु-दूध पोखरी-गुरुङ देउराली-डाँफे खर्क-तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुुभयो ।

सङ्घले हालै नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मस्र्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा यही जेठ २१ गतेदेखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुुभयो ।

मौलिक भाषा, धर्म र संस्कृतिले सम्पन्न गुुरुङ समुदायका आफ्नै मातृभाषा, मौलिक पोसाक र लिपि रहेका छन् । आफ्ना संस्कार र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको यो समुदायका घाँटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् । परम्परागत रुपमा भेडापालनसँगै सिलाइबुनाइलाई मुख्य पेसाका रुपमा अपनाउँदै आएको यो समुदाय वर्तमानमा भने विभिन्न सेवा पेसा व्यवसायसँग आबद्ध भएको पाइन्छ । पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आकर्षित यस समुदायका व्यक्तिहरू ठाउँ ठाउँमा आफ्ना प्राचीन गाउँ बस्तीमा घरवास (होमस्टे) सञ्चालन गर्दै आएका छन् ।

गण्डकी प्रदेशको कास्कीस्थित घान्द्रुक, सिक्ल्ेस, ताङतिङ, यान्जाकोट, भाचोक, हेम्जाकोटाजस्ता गाउँहरूका साथै लमजुङका घले गाउँ, भुजुङ, पस गाउँलगायतका स्थानमा घरवास सञ्चालनमा आइसकेको छ । आफ्नो मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ हेरिटेज टुरिजम डेस्टिनेसन विकास गर्न लागेको सङ्घका संस्थापक अध्यक्ष गुरुङले बताउनुुभयो ।

“गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन र विकासलाई सङ्घले प्राथमिकता प्राप्त कर्यक्रमका रुपमा लिएको छ”, उहाँले भन्नुुभयो, “हामीले लक्षित गरेको पदमार्ग छोटोमा चार दिनदेखि १२ दिनसम्म लम्ब्याउन सकिने छ ।” उहाँका अनुसार यस सम्पदा पदमार्ग प्राचीन गुरुङ गाउँहरू ताङतिङ, सिङ्दी, याम्जाकोट, पसगाउँ, भुजुुङ, घलेगाउँ, सिउरुङ, जगत, तिमाङ आदि जुन सुकै ठाउँबाट सुुरु गर्न सकिन्छ । “गुरुङहरुको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर संरक्षण र प्रचारप्रसार गर्न गुरुङ पर्यटन व्यवसायी सङ्घले नमुनाको रुपमा गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अवधारणा ल्याएको हो”, उहाँले भन्नुुभयो ।

गुरुङ सम्पदा पदमार्गलाई प्रकृति र संस्कृतिको सङ्गम थलोका रुपमा विकास गरिने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुुभयो । गुरुङ समुदायको प्राचीन बस्तीका साथै त्यहाँ रहेका पुख्र्यौली बाटोलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उहाँको भनाइ छ । पदमार्ग क्षेत्रका अनुपम झरना, प्राकृतिक सौन्दर्यतालाई पदयात्रा पर्यटनसँग जोड्ने गरी आफूहरूले प्रयास थालेको
उहाँले बताउनुुभयो ।

पदमार्गका माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरवासलाई जोड्ने योजना रहेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङ बताउनुुहुन्छ । यस पदमार्गले पास गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरवासलाई पनि जोड्ने उहाँले बताउनुुभयो । कास्कीको लमजुुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गलाई पनि पदयात्रा पर्यटनसँग जोड्न खोजिएको उहाँको भनाइ छ ।

यस अभियानअन्तर्गत सङ्घले पदमार्ग पहिचानसँगै मानव जीवनका संस्कृति र यहाँमो जीवनशैलीका सूचना सङ्कलन, ब्रोसर प्रकाशन गरिने जनाएको छ । प्रवद्र्धन एवं अन्वेषण भ्रमणका क्रममा पर्यटकीय नक्साको लागि जिपिएस डाटा सङ्कलन तथा फोटो तथा फुटेजहरू सङ्कलनका साथै ट्रेल भिडियो, ट्रेल मार्किङसमेत गरिएको जनाइएको छ ।

गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशका लागि मात्र नभई नेपालकै एक महत्वपूर्ण पदमार्गका रुपमा स्थापित बन्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले बताउनुुभयो । वैकल्पिक पदमार्गको खोजी भइरहेका अवस्थामा यस पदमार्ग छोटो दूरीको हाइकिङदेखि लामो दूरीको पदयात्राका लागि पनि महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।

यस पदमार्गको प्रवद्र्धन र विकास हुनसकेमा पदमार्ग क्षेत्रमा पर्ने विशेषतः लमजुङ र कास्की जिल्लाका मादी, मस्याङ्दी, क्होलासाँेथर, चामेलगायत गाउँपालिकाका स्थानीय बासिन्दासँगै पर्यटन व्यवसायी लाभान्वित बन्ने उहाँले बताउनुुभयो । रासस

Facebook Comments