Thu. Apr 25th, 2024

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति बैठकमा महासचिव सीको सम्बोधन, विदेशमा कोरोना महामारी जटिल भएकाले स्वदेशमा महामारी फेरि चर्किन सक्ने अवस्थालाई प्रतिरोध गर्नपर्ने भनाई

फाईल फोटो

काठमाडौं, २०७७ जेठ १ गते बिहीबार

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरो, स्थायी मामिला समितिले बिहीबार बैठकको आयोजना गर्दै स्वदेशी तथा विदेशी कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण परिस्थितिबारे विश्लेषण गरेको छ ।

सो बैठकले महामारीको रोकथाम तथा नियन्त्रणको सामान्यीकरण कदमको बन्दोबस्ती गर्नुका साथै उद्योगको आपूर्ति श्रृंखलाको स्थिरता र प्रतिस्पर्धा शक्तिलाई उकास्ने कुराको अनुसन्धान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्टाध्यक्ष सी चिनफिङले सो बैठकलाई सम्बोधन गर्नुहुँदै वर्तमान राष्ट्रको महामारी रोकथाम तथा नियन्त्रण परिस्थिति समष्टिगत रुपमा राम्रो रहेको बताउनु भयो । साथै वहाँले विदेशी महामारी परिस्थिति जटिल भएकाले स्वदेशमा महामारी फेरि चर्किने अवस्थालाई प्रतिरोध गर्नपर्ने कार्यभार निरन्तर गहन बन्दै गएको पनि बताउनु भयो।

महासचिव सीले प्राप्त उपलब्धि विफल हुने सम्भावनालाई रोक्दै गरिबी निवारण युद्धलाई पराजित गर्ने लक्ष्य पूरा गर्नुपर्ने र त्यसबाट चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण हुने विचार व्यक्त गर्नुभयो ।

सम्बोधनका क्रममा महासचिव सीले महत्वूर्ण क्षेत्र र महत्वपूर्ण स्थानमा महामारी पुनःचर्को हुने सम्भावनाको प्रतिरोध कार्यलाई मजबुत बनाउनुपर्छ भन्नु भयो । “पैचिङ्ग शहरले दुईटा राष्ट्रिय अधिवेशनको अवधिमा महामारी रोकथाम तथा नियन्त्रण कार्यलाई अघि बढाउनुपर्छ। विद्यार्थीको सिकाइ पुनःसुरु गर्नका लागि विस्तृत निर्देशन दिँदै शिक्षक तथा विद्यार्थीको सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति गर्नुपर्छ। चिकित्सा संस्थामा महामारीको रोकथाम तथा नियन्त्रण कदमलाई बलियो बनाउँदै संक्रमणको सम्भावनालाई खास तथा प्रभावकारी रुपमा प्रतिरोध गर्नुपर्छ” महासचिव सीले भन्नु भयो। चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI बाट

Facebook Comments