Sat. Apr 20th, 2024

जिल्ला प्रशासनले जारी गरेका पास खारेज, नियामक निकायको मान्य

काठमाडौं, २०७७ जेठ १ गते बिहीबार

गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ । साथै यसअघि तोकिएका नियामक निकायबाट जारी भएका पासलाई मात्र मान्यता दिने भएको छ ।

गृहमा बिहीबार बसेको बैठकले यस्ताे निर्णय गरेको कुरा गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । उपत्यकाभित्र सम्बन्धित मन्त्रालय र तोकिएका नियामक निकाय र उपत्यकाबाहिर जिल्लाका हकमा पनि सम्बन्धित निकायले जारी गरेको भए सोही अनुसार हुने, नभए जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी गरिने स्पष्ट गर्नुभयो ।

गोरखापत्र अनलाईनका अनुसार अत्यावश्यक सेवाका सवारी साधनका हकमा पास आवश्यक नहुने र पत्रकारका लागि सूचना विभागले जारी गरेको प्रेस पासबाटै सवारी साधन चलाउन पाउने व्यवस्था गरिएको छ ।

Facebook Comments