Sat. Jul 27th, 2024

उतारचढावका बीच शेयर बजार वृद्धि

काठमाण्डू,२०८१ जेठ २८ गते सोमबार । शेयर बजार आज दिनभरको उतारचढावका बीच बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ८.९० अंकले वृद्धि भई २०८२.०९ विन्दुमा पुगेको छ । कारोबार रकम भने हिजोको तुलनामा अझ बढेको छ ।

आज ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको १.३८ प्रतिशत र फाइनान्स उपसमूहको १.२१ प्रतिशतले बढेको छ । १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक छ भने ६ उपसमूहको सूचक नकारात्मक रहेको छ ।

राससका अनुसार  आज त्रिशूली जलविद्युत् र कुथली बुखरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने पिपुल्स पावरको पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । यता जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६७ प्रतिशतले घटेको छ भने बाराही हाइड्रोपावरको ५.३९ प्रतिशत र भगवती हाइड्रोपावरको ४.८३ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८७ लाख रुपैयाँको शेय कारोबार भएको छ भने माउन्टेन इनर्जीको २४ करोड ४७ लाख र जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Facebook Comments