Sun. Sep 8th, 2024

कर्णाली पुलमा अड्किएका खच्चडको उद्धार

अछाम, २०८१ जेठ २७ गते आईतबार । अछाम र दैलेख जिल्ला जोड्ने आठबिस नगरपालिका–६ खिड्किजिउला जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलका लट्ठा चुँडिदा अड्किएका ९ वटा खच्चडको सकुशल उद्धार गरिएको छ ।

उद्धार गर्ने क्रममा २ वटा खच्चड मरेको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । अछामदेखि  दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा अड्किएकामध्ये यो समाचार तयार पार्दा सम्म अझै २ वटा खच्चडको उद्धार गर्न बाँकी रहेको कोइरालाले जानकारी दिनुभयो । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो । पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो ।

स्थानीय भरत साउदका अनुसार अड्किएका बाँकी खच्चड निकाल्न झनै जोखिम छ । सोे झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबिस नगरपालिका ६ लाई जोड्ने काम गर्दछ । पुलको लट्ठा चुँडिदा दैलेख-अछाम आउजाउ गर्नेसहित विद्यार्थीहरु पनि प्रभावित भएका छन् ।

Facebook Comments