Sat. Sep 21st, 2024

सुडानमा भएकोे आक्रमणमा १०० जनाको मृत्यु   

पोर्ट सुडान, २०८१ जेठ २४ गते बिहीबार । मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको छ ।

सन् २०२३ अप्रिलदेखि नियमित सेनासँग युद्धमा रहेका ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले बुधबार अल-जजिरा राज्यको वाड अल-नौरा गाउँमा भारी तोपखानाले ‘दुई लहरमा’ आक्रमण गरेको मदनी प्रतिरोध समितिले जनाएको छ ।

डराएका अर्धसैनिक बलहरूले ‘गाउँमा आक्रमण हुँदा  कैयौँ  विस्थापित हुनुका साथै दर्जनौको ज्यान गएको’ बताएका छन् ।

आक्रमणबाट सयौँ  व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने सयौँको सङ्ख्यामा मृतक तथा घाइते भएको पुष्टिको पर्खाइमा स्थानीयहरू रहेको स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा समितिले सार्वजनिक चोकमा ‘सामूहिक हत्या’ भएको भन्दै आँगनमा सेतो कफनको पङ्क्ति राखिएको भिडियो फुटेज सार्वजनिक गरेको छन् ।

एक वर्षको समयभित्रै, युद्धले दशौँ हजार व्यक्तिको ज्यान लिएको छ । द्वन्द्वका कारण पश्चिम डार्फर सहरमा १५ हजारभन्दा बढी मारिएका छन् ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरियेलोका अनुसार युद्धमा परी मृत्युवरण गर्नेहरूको सङ्ख्या एक लाख ५० हजारको हाराहारीमा रहेको जनाउनुभएको छ ।

आरएसएफले सुडानका गाउँहरू, विशेष गरी अल-जाजिराको कृषि क्षेत्रमा बारम्बार घेराबन्दी र आक्रमण गरेको छ ।

बिहीबारको जानकारीमा आरएसएफले वाड अल-नौरा क्षेत्रका तीनवटा सैन्य शिविरमा आक्रमण गरी सहर बाहिर दुश्मनसँग भिडन्त गरेको बताएको छ । एएफपी

Facebook Comments