Sat. Jul 27th, 2024

नेत्रहिन युवा संघ मोरङले पैरवी तथा वकालतको कार्यक्रमलाई निरन्तरता दिदैं

बाबुराम मुडियारी/विराटनगर, २०८१ जेठ २३ गते बुधबार । नेत्रहिन युवा संघ नेपाल शाखा मोरङले विभिन्न कार्यालयमा पुगि संस्थागत अवधारणा पत्र हस्तान्तरण गरेको छ ।

जसमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय कोशी प्रदेश विराटनगर , कोशी प्रदेश संसद् सचिवालय,प्रदेश सभाको विषयगत समितिहरु न्याय प्रशासन तथा बिधयन समिति ,सामाजिक विकास समिति,सूचना तथा योजना समिति, नेपाली कांग्रेस पार्टी कार्यालय मोरङ, नेकपा एमाले पार्टी कार्यालय मोरङ, नेकपा माओवादी केन्द्र प्रदेश पार्टी कार्यालय विराटनगर , राष्ट्रिय मानवअधिकार आयाेग काेशी प्रदेश कार्यालय विराटनगर ,गैरसरकारी संस्था महासंघ माेरङ , एविसी नेपाल विराटनगर , आन्तरिक मामिला तथा कानुन मन्त्रालय काेशी प्रदेश विराटनगर लगायतमा पुगि अवधारणा पत्र हस्तान्तरण गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिकमा   सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्नका लागि संस्थागत अवधारणापत्र संस्थाले बुझाउने कार्यलाई तिव्रता दिएको संस्थाले जनाएको छ । नेत्रहिन युवा संघ नेपाल दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहरूद्वारा स्थापित र सञ्चालित संस्था हो । देशभर दश शाखा रहेको यस संस्थामा हाल आठ सय भन्दा बढी दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहरू आवद्ध छन् भने मोरङ शाखामा मात्र ८६ जना सदस्य रहेका छन् । यस संस्थाले अपाङ्गता भएका युवाहरूको शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य, रोजगारी, राजनीतिक सहभागिता, क्षमता विकासलगायत विभिन्न क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

Facebook Comments