Sun. Sep 22nd, 2024

कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट   

काठमाण्डू,२०८१ जेठ ११ गते शुक्रबार । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनु भएकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामार्डले भेट गर्नु भएको छ ।
देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उहाँहरूबीच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । रासस

Facebook Comments