चीनले संयुक्त राष्ट्र संघलाई ३३ करोड ६० लाख अमेरिकी डलर बुझायो
काठमाडौं, २०७७ बैशाक २४ गते बुधबार
चीनले मे ४ तारिख संयुक्त राष्ट्र संघसमक्ष बाँकी रहेको सन् २०२० को सदस्यता शुल्क बुझाएको छ। हालसम्म चीनले पूरै अर्थात् ३३ करोड ६० लाख अमेरिकी डलर सन् २०२० को सदस्यता शु्ल्क बुझाइसकेको हो। त्यसबाट चीनले संयुक्त राष्ट्र संघलाई समर्थन गरेको प्रतिबिम्बित भएको छ।
चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार चीन संयुक्त राष्ट्र संघका लागि दोस्रो ठूलो सदस्यता शुल्क बुझाउने मुलुक हो। चीनले सधैं सक्रियताका साथ बित्तीय कार्यभार बहन गरेको, दृढताका साथ संयुक्त राष्ट्र संघ र त्यस मातहतका अन्य संस्थाको भूमिकालाई समर्थन गरेको र अटलताका साथ बहुपक्षीयतावादलाई समर्थन गरेको छ। संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टिफन डुजारिकले ४ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनले सन् २०२० को सम्पूर्ण सदस्यता शुल्क बुझाएकोमा उच्च मूल्याङ्कङ गर्नुभयो।
चालु वर्ष संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ वार्षिकोत्सव हो। संयुक्त राष्ट्र संघको भूमिका सम्बन्धी उच्च प्रतीक्षामा अन्तर्राष्ट्रिय समाज रहिरहेको छ।

