Fri. Sep 20th, 2024

अमेरिकी राष्ट्रपतिद्वारा एनबीसी र सीएनएनलाई “चिनियाँ कठपुतली” र “जनताका शत्रु” घोषणा

काठमाडौं, २०७७ बैशाक २३ गते मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १ तारिख ट्विटरमा अमेरिकी एनबीसी र अमेरिकी सीएनएनलाई “चिनियाँ कठपुतली” र “जनताका शत्रु” भन्दै आरोप लगाउनु भएको छ।

अमेरिकी भिओएलाई ट्रम्पले चीनका लागि प्रचार-प्रसार गरेको आरोप लगाएपछि अमेरिकी मुख्य सञ्चार-माध्यममाथि ट्रम्पले नयाँ “अपराधी” नाम राख्नुभएको छ हो ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार गत मार्च महिनामा सीएनएनले इटलीमा महामारी भोगिरहेको बेला चीनले चिकित्साकर्मी त्यहाँ पठाउनुका साथै निकै अभाव भएका चिकित्सा सामग्रीको सहयोग गरेको रिपोर्ट गरेको थियो।

गत अप्रिल २९ तारिखमा सीएनएनले टिप्पणी प्रकाशित गर्दै चीन र पश्चिमा जगत बीच रोगको प्रतिरोध गर्ने विभिन्न ढाँचाको रिपोर्ट गरेको थियो।

यसबाहेक, अमेरिकी भिओएले पनि आफ्नो कार्यक्रममा चीनको वुहानको रोग निवारण कदम एक किसिमको सफल उदाहरण रहेको भन्दै रिपोर्ट प्रसारण गरेको थियो।

ती अमेरिकी सञ्चार-माध्यमहरूले चीनले निष्पक्ष रुपमा रिपोर्ट गरेको कार्यलाई प्रशंसा गर्नुको सट्टा तथ्य कुराको ब्याख्या गरेको भन्नु अझ राम्रो हो। केही रिपोर्टमा चीन र अमेरिका दुवै देशको रोग सम्बन्धी तथ्याङ्क र रोग निवारण तथा नियन्त्रण कदमको तुलना गर्ने क्रममा देखाइएको भिन्नताबाट रोगको प्रतिरोध गर्ने प्रक्रियामा कमजोर कदम चालेको ट्रम्प सत्तामा ठूलो दबाव परेकोको छ। सोही कारण ट्रम्पले ती अमेरिकी सञ्चार-माध्यमलाई गम्भीर आरोप लगाउनु भएको हो ।

Facebook Comments