Fri. Sep 20th, 2024

नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि, कुल संक्रमित ८२ पुगे

काठमाडौं, २०७७ बैशाक २३ गते मंगलबार

भेरी अस्पतालमा भएको पछिल्लो कोरोना परिक्षणमा थप सात जनामा कोरोना भेटिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

पछिल्लाे परीक्षणमा संक्रमण पुष्टि भएकामा नेपालगञ्ज वडा ८ निवासी २२, ३०,४० वर्षका तीन पुरूष हुनुहुन्छ भने  ०९, ३२, ३४,५५ वर्षका महिला रहेकाे र उहाँहरूका स्वास्थ्य अवस्था सामान्य हुनुका साथै उहाँहरू स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे विज्ञप्तिमा उल्लेख छ भनि गोरखापत्र अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments