Tue. Dec 24th, 2024

सभापति खतिवडाद्वारा पीडित परिवारलाई सहयोग   

काठमाण्डू,२०८१ वैशाख ३१ गते सोमबार । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आगलागीमा परी आमा-छोरा गुमाएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

स्थानीय सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडाको खरबारीमा सल्केपछि खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।

सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा रु २२ हजार र नगरपालिकाबाट उपलब्ध भएको रु एक लाख सहयोग प्रदान गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । रासस

Facebook Comments