भारतमा लकडाउनको अवधि दुई हप्तालाई थपियो
काठमाडौं, २०७७ बैशाक १९ गते शुक्रबार
भारतमा थप दुई हप्ताका लागि लकडाउनको अवधि थपिएको छ ।
भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार मे ४ तारिकबाट थप दुई हप्ताका लागि मे १७ तारिक अर्थात जेठ ४ गते सम्मका लागि लकडाउनको अवधि थपिएको हो ।
भारतीय गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी हालसम्मको परिस्थितिको ठोस मूल्याङ्कन गरी सो निर्णय गरीएको जनाएको छ । सो अवधिमा देशका विभन्न भागमा रहेका, रोकिएका कामदार र विद्यार्थीहरूलार्इ भने रेलबाट सम्बिन्धत राज्यहरूमा जान दिने निर्णय गरेको छ ।
साथै सो थपिएको अवधिमा विभिन्न जिल्लाहरुलाई संक्रमणको अबस्था हेरी रेड, ग्रीन र अरेन्ज जोनका रुपमा विभाजन गरी ग्रीन र अरेन्ज जोन अर्थात जोखिम कम भएका जिल्लाहरुमा लकडाउन खुकुलो बनाउने जनाएको छ भनि गोरखापत्र अनलाईनले समाचार लेखेको छ ।