Mon. Dec 23rd, 2024

रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, २०७७ बैशाक १९ गते शुक्रबार

रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टीनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। टाइम म्यागजिनका अनुसार बिहीबार उहाँमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि उहाँले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कलमा कुरा गर्दै आफू ‘सेल्फ आइसोलसन’ मा बस्ने तर खास नीतिगत कार्यमा सहभागी हुने बताउनु भएको थियो । प्रधानमन्त्री र राष्ट्रपतिबीच केही समयअघि भेट भएको हुन सक्ने बताइएको छ। तर कुन मितिमा भेट भएको थियो भन्ने खुलाइएको छैन।

कोरोना फैलिएसँगै राष्ट्रपति पुटिनले प्रत्यक्ष भेटघाटलाई कम गर्नु भएको थियो। उहाँले भिडियो कल मार्फत् दैनिक कार्यसम्पादन तथा बैठक बसाउँदै आउनु भएको छ ।

प्रधानमन्त्री कोरोना संक्रमित भएसँगै उहाँको दैनिक कार्यभार आन्द्रेइ बेलोसोभले सम्हाल्नु हुनेछ भनि अन्नपूर्ण पोष्ट अनलाईनले एजेन्सीलाई उद्धत गर्दै समाचार लेखेको छ ।

Facebook Comments