Sun. Sep 8th, 2024

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ने.क.पा. का अध्यक्ष प्रचण्डद्वारा शुभकामना

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २०७७ बैशाक १९ गते शुक्रबार

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२० को अवसरमा शुभकामना सन्देश दिनु भएको छ ।

प्रचण्डले शुभकामना सन्देशमा विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड-१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत रहेको परिप्रेक्ष्यमा यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको बताउनु भएको छ ।

वहाँले सन्देशमा “दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु” भन्नु भएको छ ।

अध्यक्ष दाहालको शुभकामना जस्ताको तस्तै :

१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नु भएको छ । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

त्यसैगरी नेपालमा वि।स। २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि जनताको बलिदानीपूर्ण संघर्षलाई हामी गर्वका साथ स्मरण गर्दछौं ।

आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड-१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ ।

दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।

देशका विभिन्न भागहरुबाट आ-आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन-समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य हामी सबैको हो ।

कोरोना भाइरस ९कोविड-१९० को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

१९ बैशाख, २०७७ ( सन् २०२०, मई १)

………………………………………….

पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष

Facebook Comments