Fri. May 17th, 2024

टिकटक स्टार भेलुबाजेको निधन

सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन

काठमाण्डू, २०८१ वैशाख २१ गते शुक्रबार । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले जानकारी दिइन् ।

राससका  अनुसार अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात ,गोडा काम्नेलगायतका समस्या थिए । हँस्यौली ,ठट्यौलीमा कुरा गर्ने उनी युट्युबमा लोकप्रिय थिए।

प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।

६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ बनेका थिए ।

Facebook Comments