Fri. May 17th, 2024

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

टक्सार (भोजपुर), २०८१ वैशाख १७ गते सोमबार । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालंखाबाटबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान १ ज २६१७ नम्बरको बोलेरो आमचोक गाउँपालिका–८ पारकुवा, हैखराङस्थित दूधकोसी नदी किनारमा दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका-१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बलेरोमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ ।

घाइते हुनेमा धरान ५ सुनसरी बस्ने वर्ष ७ की आशिका राई, धरान ५ सुनसरी बस्ने वर्ष ५० को खानुहाङ राई, आमचोक गाउँपालिका १० बस्ने सफल राई, सोहि ठेगानामा बस्ने वर्ष ६० का वी बहादुर राई, वर्ष ३०का सुमन राई, वर्ष ६ को सृष्टि राई, वर्ष ३१ की सरस्वती राई, ६ महिने बालक अनरप राई, वर्ष ३६ का प्रकाश राई (चालक), धरान १३ सुनसरी बस्ने वर्ष १३ का साईमन राई, वर्ष १३ का लिजा राई, धरान ५ बस्ने वर्ष ३५ को सृजना राई रहनु भएको छ । रासस

Facebook Comments