Thu. May 16th, 2024

इलाम उपनिर्वाचन अपडेट : नेम्वाङ १८ हजार १ सय ९६ मतका साथ अग्र स्थानमा

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर-२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी

भिओके समाचार/इलाम,२०८१ वैशाख १७ गते सोमबार । प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय इलामले जारी गरेको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले का उम्मेदवार नेम्वाङले १८ हजार १ सय ९६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ९ हजार ३ सय ३६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३ हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

रास्वपाले बजार क्षेत्रमा आफ्नो पकड वलियो भएको बताए पनि सुहाङ नेम्वाङ झण्डै १५ हजार १ सय २९ मतले मिलन लिम्बूभन्दा अघि हुनुहुन्छ । मतपरिणाम यसै हिसावले प्राप्त हुने हो भने एमाले का उम्मेदवार नेम्वाङको जीतलाई इन्कार गर्न सकिन्न । यद्यपी मतगणना भैरहेकोले यसै हो भन्ने अवस्था नभएको हाम्रा स्थानीय सम्वाददाताले बताएका छन् ।

Facebook Comments