Wed. May 15th, 2024

इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ ८ हजार ८ सय ९८ मतसहित अग्रस्थानमा

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर-२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी

भिओके समाचार/इलाम), २०८१ वैशाख १७ गते सोमबार । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेवदार सुहाङ नेम्बाङ ८ हजार ८ सय ९८ मतसहित अग्रस्थानमा रहनु भएको छ । हालसम्म २० हजार ५ सय ३६ मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाईरहनु भएको छ भने रास्वपाको प्रचार अनुसार मत परिणाम अत्यन्त झिनो देखिएको छ । तर धेरै मत गन्न अझै पनि बाँकि रहेकोले यसै हो भन्न सक्ने स्थिती देखिन्न ।

हालसम्मको मत गणनाअनुसार नेम्बाङले ८ हजार ८ सय ९८ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ६ हजार २ सय ८२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ६ सय ३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ३ सय ५ मत प्राप्त गर्नुभएको छ । अहिले माङसेबुङ गाउँपालिका–१ को मतगणना भइरहेको छ ।

इलाम–२ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै छ/छ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै नौ वडा र इलाम नगरपालिकाका (११ वडा र १० बाहेक) गरी ४२ वडा पर्दछन् ।

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । वि.सं. २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो । त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार हुनुहुन्थ्यो । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ ।

Facebook Comments