Sun. May 19th, 2024

कोरोना भाइरस संक्रमण : २ लाख ७ हजारको मृत्यु, ८ लाख ७९ हजार निको भए

काठमाडौं, २०७७ बैशाक १५ गते सोमबार

महामारीको रुपमा फैलिएको कोरोना भाइस संक्रमणका कारण विश्वभर २ लाख ७ हजार जनाको मृत्यु भएको छ ।

World Meter अनुसार अहिलेसम्म कोरोना भाइरस संक्रमितहरुको संख्या २९ लाख ९४ हजार ९ सय ५८ जना पुगेको छ । त्यसैगरी उपचारपछि ८ लाख ७९ हजार जना निको भएका छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । त्यहाँ अहिलेसम्म ९ लाख ८७ हजार ३ सय २२ जना संक्रमित भएका छन् भने ५५ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र २२ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । सो शहरमा संक्रमितहरुको संख्या २ लाख ९३ हजार ९ सय ९१ पुगेको छ । अमेरिकामा उपचारबाट १ लाख १८ हजार ७ सय ८१ जना निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटलीमा संक्रमित संख्या १ लाख ९७ हजार ६ सय ७५ र मृतक संख्या २६ हजार ६ सय ४४ पुगेको छ । त्यहाँ ६४ हजार ९ सय २८ जना निको भएका छन् ।

स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना संक्रमित भएका छन् र २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ भने १ लाख १७ हजार ७ सय २७ जना निको भएका छन् । फ्रान्समा १ लाख ६२ हजार १ सय जना संक्रमित छन् भने २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । ४४ हजार ९ सय ३ जना निको भएका छन् ।

बेलायतमा १ लाख ५२ हजार ८ सय ४० जना संक्रमित भएका छन् भने २० हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।

भारतमा २७ हजार ८ सय ९० जनामा संक्रमण देखिएको छ भने ८ सय ८१ जनाको मृत्यु भैसकेको छ ।

Facebook Comments