Thu. Sep 19th, 2024

बैशाक २५ गतेसम्म लकडाउन थप गर्ने सरकारको निर्णय

काठमाडौं, २०७७ बैशाक १४ गते आईतबार

सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

साथै बैठकले इपीएस अन्तगर्त काेरीया जाने कामदारलाई दुबै देशका सरकारबीचकाे समझदारीमा जान दिन निर्णय समेत गरेकाे उहाँले बताउनुभयाे । साथै हवाइ उडान तथा अवतरण भने बैशाखकाे अन्तमसम्म राेक्ने निर्णय भएकाे छ । 

चैत ११ गतेदेखि शुरु भएको लक डाउन यस अघि तीनपटक थपगरि सकेको छ । चैत ११ गतेदेखि १८ गतेसम्म निर्धारण गरिएको लक डाउन चैत १६ गते सरकारले पुनः दोश्रो पटकबढाएर २५ गतेसम्म पुर्याएको थियो ।

यो अवधिमा पनि संक्रमितको संख्या नेपालमा बढेकाले वैशाख ३ गतेसम्मको लागि तेश्रो पटक लक डाउनको अवधिबढाइएको थियो । छिमेकी देश भारतमा लक डाउनको समय बढाएको र त्यहाँकोरोना भाइरसका कारणले संक्रमणबढेसँगै नेपालमा पनि बढ्न सक्ने आंकलन गर्दैै लक डाउनको अवधि चौंथो पटकमा १२ दिन बढाएर वैशाख २५ सम्म पुर्याएको हो ।

आइतबार नेपालमा थप दुई जनालाई संक्रमण भएर संक्रमित संख्या ५२ जनापुगेको छ भने १६ जनापूर्ण रुपमा निको भएर डिस्चार्ज भएकाछन् । संक्रमित अन्य ३५ जना देशका विभिन्न अस्पतालमा उपचार गराइरहनु भएको छ ।

उहाँहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले जानकारी गराउनुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments