Thu. Apr 23rd, 2026

तराईमा जुरीसितल पर्वको रौनक

तराईका जिल्लाहरूमा नयाँ बर्षको सुरूवात भएसँगै आज जुरी (जुर) शीतल पर्व तथा सिरूवा पर्व मान्यजनबाट आशीर्वाद थापी उल्लासका साथ धुमधामसँग मनाईदैछ ।

       

महेश भट्टराई /(झोराहाट,मोरङ), २०८१ वैशाख १ गते शनिबार ।  तराईका जिल्लाहरूमा नयाँ बर्षको सुरूवात भएसँगै आज जुरी (जुर) शीतल पर्व तथा सिरूवा पर्व मान्यजनबाट आशीर्वाद थापी उल्लासका साथ धुमधामसँग मनाईदैछ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई तालुमा पानी थप थपाएर आर्शीवाद दिने र सानाले आशिर्वाद लिने चलन रहेको छ ।

सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको मानिन्छ। जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो । मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफता,उन्नति, प्रगति, सुख शान्ति, सम्रिद्धी, सुस्वास्थ्य ,दीघार्युको कामना पाइरहुन् भन्ने जन विश्वास रहेको छ। सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको मानिन्छ।

पर्वमा शूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आर्शिवाद प्रदान गरि मनाउने गरिन्छ। सानाले आफु भन्दा ठूलोलाई खुट्टामा पानि दिए नमन गर्ने चलन पनि रहेको छ।

जुरी (जुर) शीतल प्रकृतिपूजाको पर्व पनि हो। अघिल्लो रात पकाएका बासीखाना खानाले शीतलता प्राप्त हुन्छ, भन्ने जनविश्वासले यो चलन रहेको पाईन्छ । आत्मीयता बढाउनका लागि मनाईने यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ । यो पर्वलाई शान्ति, भातृत्व, सद्भाव , एकता , सम्रिद्धीको पर्व पनि मानिन्छ । जुरी (जुर) शीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । त्यस अवसरमा पुवा रोटी, गुलगुलिया, चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण मानिन्छ ।

नयाँवर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ । तराईमा बसोबास गर्ने आदिवासी समुदायहरू मुडियारी राजवंशी, थारू, खवास, ताजपुरिया, झाँगड, लगाएत र मधेशी समुदाय हरू लगायतले धुमधाम सगँ मनाउने गरेको पाईन्छ ।

Facebook Comments

सम्बन्धित समाचार