Thu. Apr 23rd, 2026

सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर   

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ ।

       

सल्लेरी (सोलुखुम्बु),२०८० चैत २६ गते सोमबार ।  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो ।

राससका अनुसार राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका-१ बाट चैत १७ गते सुरु गरिएको शिविर वडा नंं. ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडामा भएको उक्त घुम्ती शिविरबाट एक सय १३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र प्राप्ति तथा आवश्यकता पहिचान सेवा लिएका छन् जसमध्ये पूर्ण अपाङ्गता (क वर्ग), अति अशक्त अपाङ्गता (ख वर्ग), मध्यम अपाङ्गता (ग वर्ग) र सामान्य अपाङ्गता (घ वर्ग) गरी ९८ जनाले परिचयपत्र प्राप्त तथा नवीकरण गरेको गाउँपालिकाले जनाएको छ ।

समापन कार्यक्रम वडा नंं.४ का कार्यवाहक वडाअध्यक्ष ङिमा याङजिन शेर्पाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक टासील्हामु शेर्पाको प्रमुख आथित्यतामा भएको जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार