Sat. May 4th, 2024

यु–१३ फुटबल खेलाडी छनोट   

महेन्द्रनगर (कञ्चनपुर),२०८० चैत २४ गते शनिबार । सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा आजदेखि कैलालीको धनगढीमा यु-१३ छात्र/छात्रा खेलाडी छनोट सुरु भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले युवा विकास परियोजनालाई निरन्तरता दिन प्रदेश स्तरीय खेलाडी छनोट थालेको सङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

“सुदूरपश्चिमका नौवटै जिल्लाबाट ८८ खेलाडी छनोट भएर आएका छन्,” उहाँले भन्नुभयो-“ती मध्येबाट छनोटमा पर्ने खेलाडीलाई एन्फा एकेडेमीमा भर्नाका लागि दोस्रो चरणको छनोटमा सहभागी गराइने छ ।” आज र भोली छात्र खेलाडी तथा सोमबार छात्रा खेलाडी छनोट गरिने उहाँले जानकारी दिनुभयो ।

मुलुकभरबाट छनोट भएर आउने खेलाडीलाई समेटेर एन्फाले विभिन्न एकेडेमी सञ्चालन गर्नेछ । अन्तिम छनोटमा परेका खेलाडीको सम्पूर्ण व्यवस्थापनसहित एन्फाले राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रदेश अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस

Facebook Comments