Mon. Apr 29th, 2024

आज शेयर बजार २२ अंकले वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८० फागुन २७ गते आईतबार । अर्थ मन्त्रीमा माओवादी केन्द्रका नेता वर्षमान पुन नियुक्त भएपछि बढ्न थालेको शेयर बजार आज पनि बढेरै बन्द भएको छ । आज शेयर बजार मापक नेप्से सूचक आज २२.१० अंक बढेर २०५२.६५ विन्दुमा पुगेको छ ।

आज २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज हाइड्रोपावर बाहेक अन्य सबै उपमूहको सूचक बढेको छ । आज वीन नेपाल लघुवित्त र जाल्पा लघुवित्तको शेयर सकारारत्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा लघुवित्त उपसमूहको सूचक ४.२१ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, लगानी, होटल, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ । महुली लघुवित्तको ८.७२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.७१ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ७.९४ प्रतिशतले बढेको छ ।

उच्च दरमा बढ्ने कम्पनीहरुमा धेरै लघुवित्त कम्पनीहरु छन् । यता चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने पिपुल्स पावरको ६.९५ प्रतिशत, जोशी हाइड्रोपावरको ५.७९ प्रतिशत र मध्ये भोटेकोशीको ३।३४ प्रतिशतले घटेको छ । आज शिवम् सिमेन्टको सबैभन्दा धेरै २२ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको १८ करोड १३ लाख, जोशी हाइड्रोपावरको ७ करोड ९० लाख र हाथवे इन्भेष्टमेन्टको ७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अर्थमन्त्री पुनले शेयर बजारको सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेपिछ बजार सकारात्मक देखिन थालेको  छ ।

Facebook Comments