Sat. May 4th, 2024

उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको भेट   

काठमाण्डू, २०८० फागुन २४ गते बिहीबार । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत छन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल-चीन सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको उक्त मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको थियो । चिनियाँ राजदूतले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको थियो । रासस

Facebook Comments